Home Articles posted by Suresh Bikram (Page 6)
प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपा महाधिवेशनअघि नयाँ अनुहारको सक्रियता, पूर्व एमाले र समाजवादी नेताहरू पनि सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि सुरु हुने प्रथम महाधिवेशनलाई लक्षित गर्दै सहभागी तथा उम्मेदवार बन्ने आकांक्षा राख्ने व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत आफ्नो उपस्थितिलाई सार्वजनिक गर्न थालेका छन्। विशेषगरी विगतमा विभिन्न राजनीतिक दलमा सक्रिय रहेका र पछिल्लो समय
बारा मधेस प्रदेश

बाराको विकास, सुशासन र जनअपेक्षालाई मुद्दा बनाउँदै अभिषेक गुप्ताको उम्मेदवारी घोषणा

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सभापति पदका लागि अभिषेक गुप्ताले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान सभापति रवि लामिछानेको विपक्षमा उम्मेदवारी घोषणा गरेका गुप्ताले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र जनमुखी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उम्मेदवारी घोषणासँगै उनले देशभरका जनताका समस्या मात्र नभई मधेश र विशेषगरी बारा जिल्लाले
बारा मधेस प्रदेश

जीउँदो माछा संघका केन्द्रीय अध्यक्ष जंग बहादुर साहको सपना : कोल्हबीमा ‘माछा रिसोर्ट’ को शिलान्यास

बारा, कोल्हबी। नेपाल जीउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंग बहादुर साह को लगानी तथा पहलमा कोल्हबी नगरपालिका वडा नं. ५ बोधवनमा निर्माण हुन लागेको ‘माछा रिसोर्ट’ को आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। माछा व्यवसाय, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको रिसोर्टलाई कोल्हबी क्षेत्रकै एक महत्वाकांक्षी निजी
बारा मधेस प्रदेश

करैयामाई गोल्डकपमा आजको बहुप्रतीक्षित भिडन्त : घरेलु टोली नवजन प्रगति युवा क्लब र हेटौंडा एकेडेमी आमनेसामने

उमजन, बारा । करैयामाई गाउँपालिका–७ उमजनको खेल मैदान यतिबेला फुटबलमय बनेको छ। जारी तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक नवजन प्रगति युवा क्लब र हेटौंडा एकेडेमी बीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ। घरेलु समर्थकको साथ पाएको नवजन प्रगति युवा क्लब र अनुभवी टोली हेटौंडा एकेडेमीबीचको खेलले प्रतियोगिताको रोमाञ्चकता थप बढाउने अपेक्षा गरिएको छ। प्रतियोगिताको
बारा मधेस प्रदेश

बोधबन सडकमा विवाद : स्थानीयले रोके काम, नापजाँचपछि थप उठे प्रश्न

सुरज बिक्रम ,कोल्हबी, बारा । कोल्हबी नगरपालिका–५ स्थित बोधबनमा निर्माणाधीन सडक स्तरोन्नति योजना विवादमा तानिएको छ। निर्माण कार्य मापदण्डअनुसार नभएको आरोप लगाउँदै स्थानीयवासीले काम अवरुद्ध गरेपछि गरिएको नापजाँचले नै योजनामाथि थप प्रश्न खडा गरेको छ। मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँ बजेटमा सञ्चालन भइरहेको उक्त योजनाअन्तर्गत महेन्द्र राजमार्गसँग जोडिने सडकमा कंक्रिट ढलानको
बारा मधेस प्रदेश

कृषि मिटर नपाउँदा कोल्हबी–५ का बोरिङ थन्किए

बारा, कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका क्षेत्रमा कृषि प्रयोजनका लागि आवश्यक विद्युत् मिटरको अभाव हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित बन्न पुगेका छन्। खेतमा पानी पुर्‍याउने उद्देश्यले बोरिङ जडान गरिए पनि कृषि विद्युत् मिटर नपाउँदा ती बोरिङ सञ्चालन हुन नसकेको किसानहरूले गुनासो गरेका छन्। जिल्ला विद्युत् वितरण कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बारा जिल्लाभरका
बारा

कोल्हवीमा सहकारी तथा कोपोमिस सम्बन्धी ७ दिने तालिम सम्पन्न

कोल्हवी । कोल्हवी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सहकारी तथा कोपोमिस (COPOMIS) सम्बन्धी ७ दिने निःशुल्क तालिम सम्पन्न भएको छ। नगरभित्र सञ्चालित विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा तालिम सञ्चालन गरिएको हो। तालिमको समापन कार्यक्रममा नगर प्रमुख राम प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता उपप्रमुख लक्ष्मी
बारा मधेस प्रदेश

कोल्हबीमा सामूहिक तरकारी खेतीसम्बन्धी ५ दिने व्यावसायिक तालिम सुरु

सुरज बिक्रम, बारा, कोल्हबी । जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत सामूहिक तरकारी खेतीसम्बन्धी ५ दिने व्यावसायिक तालिम कोल्हबीमा सुरु भएको छ। स्थानीय कृषकलाई आधुनिक तथा व्यवसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम २०८३ साल जेठ ३१ गतेदेखि असार ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। तालिम उद्घाटन कार्यक्रम जितिया बहुउद्देश्यीय सहकारी संस्था
बारा

सत्य खोज्ने पत्रकारमाथि दबाब, कागजात बोकेर हिँड्नेलाई संरक्षण

बारा, कोल्हबी । कोल्हबी नगरपालिका–९ मुसर्नास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मुसर्ना को सरकारी कागजात प्रयोगसम्बन्धी विवादले नयाँ मोड लिएको छ। विद्यालयको आधिकारिक कागजात लिएर विभिन्न निकायमा हिँड्ने व्यक्तिमाथि प्रश्न उठिरहेका बेला तथ्य खोज्न र प्रतिक्रिया लिन खोज्ने पत्रकारमाथि नै एकतर्फी दबाब सिर्जना गरिएको आरोप सार्वजनिक भएको छ। स्थानीयवासीका अनुसार आफूलाई टोल
प्रदेश खबर बारा मधेस प्रदेश

मिर्गौला पीडित भाइको सम्पत्ति खोसे एमाले नेता, साथ दिए एमालेकै वडा अध्यक्षले

सुरज बिक्रम, कोल्हवि । कोल्हबी नगरपालिका वडा नं. ८ मा पैतृक सम्पत्ति नामसारीलाई लिएर गम्भीर विवाद सार्वजनिक भएको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष रुद्र प्रसाद बजगाईंमाथि आफ्नी आमालाई अस्पतालको भेन्टिलेटरमा रहेका बेला जग्गा–जमिन आफ्नो नाममा पास गराएको आरोप लागेको हो। यस प्रकरणमा वडा कार्यालयकै सिफारिस र कागजी प्रक्रिया प्रयोग गरिएको भन्दै वडा प्रमुख अनुप […]