असार ११, बारा । बारा जिल्लामा सहज रूपमा ‘लाइन’ नमिलेपछि सीमावर्ती रौतहटको बंकुल नाकालाई आधार बनाएर भारतबाट व्यापक रूपमा माछा, फूल तथा अन्य सामानको तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार बारा बरियारपुरका नामुद तस्कर सियाराम कुशवाहाले बंकुल सीमाक्षेत्रलाई केन्द्र बनाएर
हेटौंडा । हेटौंडा निवासी ईश्वर राउतसहित केही व्यक्तिहरूले कपिलवस्तुको जितपुर घर भई हाल माल्टामा रहेको बताइएका दिपक कडेलमाथि वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैयाँ असुलेको आरोप लगाएका छन्। पीडित पक्षले घटनासम्बन्धी प्रमाण संकलन गरी सम्बन्धित निकायमा उजुरी दिने तयारी गरिरहेको जनाएको छ। पीडितहरूको दाबी अनुसार कडेलले “माल्टा पठाइदिन्छु”, “आकर्षक तलबको रोजगारी मिलाइदिन्छु” तथा
बारा । महागढीमाई नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ८२ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। नगरपालिकाको १०औँ नगरसभा बाट उक्त बजेट पारित तथा सार्वजनिक गरिएको हो। नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले नगरसभाको उद्घाटन गर्दै नीति तथा कार्यक्रम […]
बारा । देवताल गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँसभामा प्रस्तुत बजेट अनुसार संघीय
बारा, कोल्हबी । कोल्हबी नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट सहित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। नगरसभाको अध्यक्षता उपप्रमुख लक्ष्मीकुमारी चौधरीले गरेकी थिइन्। सभामा प्रस्तुत नीति तथा कार्यक्रममा “आधुनिक कृषि, पर्यटन र औद्योगिकीकरण : समृद्ध कोल्हबीको आधार” भन्ने मूल […]
सुरज विक्रम , कोल्हबी, बारा । कोल्हबी नगरपालिका वडा नम्बर ४ सिपाहीदेखि वडा नम्बर ५ र ६ अन्तर्गत पर्ने सोनाभार–प्रसौना बजार जोड्ने निर्माणाधीन कृषि सडकमा सुरक्षा मापदण्डको बेवास्ता गरिएको भन्दै जनप्रतिनिधि तथा स्थानीयवासीले निर्माण कम्पनीलाई कडा खबरदारी गरेका छन्। विगत केही महिनादेखि वीरगञ्जस्थित समा कन्ट्रक्सन कम्पनी ले निर्माण गरिरहेको उक्त सडकमा सूचना बोर्ड, सावधानी
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा बारा क्षेत्र नम्बर–३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) को महाधिवेशन प्रतिनिधित्व खारेज गरिएपछि पार्टीभित्रको विवाद खुला बहसको विषय बनेको छ। सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी घोषणा गरेका गुप्ताको नाम अन्तिम प्रतिनिधि सूचीबाट हटाइएपछि मधेश प्रदेशमा संगठन सञ्चालन, नेतृत्वको भूमिका र
बारा, पचरौता। पचरौता नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ। सोमबार सम्पन्न १६औँ नगरसभामा नगरप्रमुख जलान्धर सिंहको अध्यक्षतामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। यसैक्रममा मधेश प्रदेशबाट अधिवक्ता गणेश घिमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। रास्वपाका मधेश प्रदेश सह–महामन्त्रीसमेत रहेका घिमालले भूगोलतर्फको कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। बारा क्षेत्र नम्बर १ का
कोल्हवी, बारा। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) बारा जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन आइतबार कोल्हवीस्थित रोजउड होटलमा सम्पन्न भएको छ। अधिवेशनले रक्तदान अभियानलाई जिल्लाभर थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनको उद्घाटन कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई

















