बारा

बाराको कोल्हबीमा सरकारी विद्यालय फिक्का, हिमचुली एकेडेमी चम्कियो — SEE मा १००% नतिजासहित निजी विद्यालयको दबदबा

बारा जिल्लाको कोल्हबी नगरपालिका–४ सपहीस्थित हिमचुली एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजा ल्याउँदै नगरकै शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।

पछिल्लो समय कोल्हबी क्षेत्रको समग्र शैक्षिक स्तरलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेका बेला हिमचुली एकेडेमीले उत्कृष्ट नतिजा निकालेर आफूलाई अब्बल विद्यालयका रूपमा स्थापित गरेको स्थानीयको भनाइ छ।

विद्यालय प्रशासनका अनुसार यस वर्ष SEE परीक्षामा सहभागी भएका ३१ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। नतिजाअनुसार १ जना विद्यार्थीले ‘A+’, १९ जनाले ‘A’, १० जनाले ‘B+’ तथा १ जनाले ‘B’ ग्रेड प्राप्त गरेका छन्।

विद्यालयका प्रधानाध्यापक विष्णु देवकोटाले दिएको जानकारी अनुसार विद्यार्थी योगेश कुमार चौधरीले ३.६१ GPA ल्याउँदै विद्यालय टपर बन्न सफल भएका छन्। त्यसैगरी अनिश पौडेलले ३.५४ GPA र आरश्मिका कुमारी रामले ३.५३ GPA प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्।

विद्यालयले गुणस्तरीय शिक्षा, नियमित शैक्षिक अभ्यास तथा अनुशासित वातावरणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। शिक्षकको मेहनत, विद्यार्थीको लगनशीलता र अभिभावकको निरन्तर सहयोगका कारण यस्तो उपलब्धि सम्भव भएको प्रधानाध्यापक देवकोटाको भनाइ छ।

स्थानीय शिक्षा क्षेत्रमा खस्कँदो नतिजाबीच हिमचुली एकेडेमीको यो उपलब्धिलाई धेरैले प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। विद्यालयको सफलताले कोल्हबी क्षेत्रमा शैक्षिक सुधार सम्भव रहेको सन्देश समेत दिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *