सुरज बिक्रम,, कोल्हबी । ५४औँ विश्व वातावरण दिवसको अवसर पारेर कोल्हबी नगरपालिका–१, कोल्हबीमा मुख्य कार्यालय रहेको मधेस प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा परिचित तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत
बारा । आदर्श कोतवाल गाउँपालिकामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशनलाई लिएर बारा क्षेत्र नं. १ का माननीय गणेश धिमालमाथि अधिवेशन प्रक्रिया नै प्रभावित पार्दै “कब्जा” गरेको, संगठनात्मक संरचनामै हस्तक्षेप गरेको तथा आन्तरिक शक्ति सन्तुलन भत्काउने गरी गतिविधि गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेको उक्त आरोपपछि
बारा, कोल्हबी । राष्ट्रियस्तरको प्रतिष्ठित १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा कोल्हबीका युवा खेलाडी सुलभ चौधरीले करातेतर्फ स्वर्ण पदक जित्दै उल्लेखनीय सफलता हात पारेका छन्। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सम्पन्न एकल काता विधाको फाइनलमा उनले कोशी प्रदेशका प्रतिस्पर्धीलाई ४–१ ले हराउँदै उपाधि जितेका हुन्। ११ वर्षीय सुलभले
कोल्हबी नगरपालिका । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोल्हबी नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नगर अधिवेशनबाट थानेश्वर पहाडीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो भने सारजङ्ग थापा कोषाध्यक्षमा चयन भएका छन्। निर्वाचन अधिकृत राजकिशोर गुप्ताको संयोजकत्व तथा प्रदेश समिति सदस्य रोहित बास्तोलाको रोहबरमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको जनाएको छ। अधिवेशनमा
बारा, कोल्हबी । श्री परोपकार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित “वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम” अन्तर्गत दोस्रो समूहको तीन दिने तालिम सम्पन्न भएको छ। कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय श्रीपुर वीरगञ्ज नेपालको सहयोगमा आयोजना गरिएको उक्त तालिम सहकारीका सदस्य तथा स्थानीय समुदायलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यसहित सञ्चालन गरिएको
१६ जेठ,बारा । नेपाल-भारत खुला सीमानाको फाइदा उठाउँदै बारा जिल्लाका संवेदनशील सीमा नाकाहरूमा सुरक्षा निकायका केही गैरजिम्मेवार प्रतिनिधि र तस्कर समूहबीचको सघन मिलेमतोमा ठूलो मात्रामा भइरहेको तस्करीले राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको छ । हालै इलाका प्रहरी कार्यालय प्रसाैनी गण्डकबाट सप्तरी सरुवा भई रवाना बुझिसकेका तर कार्यक्षेत्रमा नगई १५ दिनको बिदा
बारा, कोल्हबी–८ । श्री प्रभावकारी कृषि सहकारी संस्था लिमिटेडसँग जोडिएको आर्थिक अनियमितता तथा सामाजिक सहयोग रकम विवादले पछिल्लो समय थप गम्भीर मोड लिएको छ। मृगौला पीडित बलराम ठकुरीको उपचारका लागि संकलन गरिएको सहयोग रकमबारे समाचार सार्वजनिक भएपछि मात्रै पीडित पक्षलाई रकम उपलब्ध गराइएको तथ्य बाहिरिएसँगै सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेतमाथि उठेका आरोप थप चर्किएका हुन्।
बारा, कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ ले अपांगता भएका व्यक्तिहरूको सहज जीवनयापन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सहायक सामग्री वितरण तथा सीपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार आयोजित कार्यक्रममा बाल तथा महिला सेवा केन्द्र महागढीमाई–१ को सहयोग रहेको थियो भने कार्यक्रमको आयोजना वडा कार्यालयले गरेको हो। कार्यक्रममा वडा अध्यक्ष नन्द किशोर चौधरी […]
बारा, कोल्हबी । कोल्हबीस्थित Rose Wood Hotel बाट चोरी भएको मोटरसाइकल प्रकरणले इलाका प्रहरी कार्यालय कोल्हबीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। सीसीटीभी फुटेजमार्फत शंकास्पद व्यक्ति पहिचान हुँदाहुँदै पनि प्रहरीले आरोपीलाई २४ घण्टा नबित्दै छाडेको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा तीव्र असन्तोष फैलिएको छ। जिल्ला खेलकुद विकास समिति कलैयाका कार्यालय प्रमुख हेमलाल
बारा, कोल्हबी–८ । “सहकारीले जनताको जीवन सहज बनाउने कि झन् पीडा थप्ने ?” — पछिल्लो समय कोल्हबी–८ स्थित श्री प्रभावकारी कृषि सहकारी संस्था लिमिटेडमाथि उठिरहेका गम्भीर आरोपहरूले यही प्रश्न खडा गरेको छ। सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेत तथा व्यवस्थापन समूहविरुद्ध आर्थिक अनियमितता, अपारदर्शी कारोबार, मिटर ब्याज शैलीमा ऋण लगानी, सामाजिक सहयोग रकम हिनामिना तथा लामो […]

















