सुरज बिक्रम, बारा, ४ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन तथा जग्गा व्यवस्थापनका लागि ३५ दिने म्यादसहित आवेदन आह्वान गरेको छ। आयोगले साउन ४ गते सार्वजनिक गरेको सूचनाअनुसार
सुरज बिक्रम, बारा, साउन ४ । सामाजिक सञ्जाल फेसबुक र मेसेन्जरलाई माध्यम बनाएर अमेरिकी ‘Michigan Lottery’ को नाम दुरुपयोग गर्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ। विशेषगरी बेरोजगार युवा तथा छिटो आम्दानीको आशामा रहेका सर्वसाधारणलाई लक्षित गर्दै नक्कली प्रमाणपत्र, फर्जी कागजात र आकर्षक पुरस्कारको प्रलोभन देखाएर रकम असुल्ने कार्य बढ्दै गएको हो।केही […]
कलैया, साउन ४ । रु १४ लाखभन्दा बढी रकम ठगी गरेको आरोप लागेका बिदिया मिडियाका सञ्चालक अजित कुमार महतो जिल्ला अदालत बाराबाट रु १ लाख धरौटी बुझाएर तारिखमा रिहा भएका छन्।बारा जिल्लाको साविक उचिडिहि गाविस, हाल सिम्रौनगढ नगरपालिका–६ निवासी ३२ वर्षीय महतोविरुद्ध सिम्रौनगढ नगरपालिका–७, खजानी निवासी देवेन्द्र दास तत्माले ठगीसम्बन्धी मुद्दा दायर गरेका हुन्।जाहेरीअनुसार ट्रक […]
सुरज बिक्रम ,बारा, साउन ४ । नयाँ सरकार गठनसँगै सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिएको दाबी भइरहे पनि मकवानपुर–बारा हुँदै भारततर्फ हुने अवैध गाँजा ओसारपसार रोकिएको संकेत देखिएको छैन। स्थानीय स्रोतहरूले मकवानपुरबाट सुरु भई बाराको रतनपुर, तामागढी, कोल्हबी र सिम्रौनगढ हुँदै भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण क्षेत्रसम्म पुग्ने मार्ग अझै सक्रिय रहेको
कलैया | असार २७ बाराको सुवर्ण गाउँपालिका–८ निवासी सुरजकली देवीले अदालत र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा व्यवस्था गर्न निर्देशन जारी भइसके पनि आफू अझै असुरक्षित अवस्थामा बाँच्न बाध्य भएको गुनासो गरेकी छन्। बाटो विवादसँग सम्बन्धित घटनापछि आफूमाथि निरन्तर धम्की, दुर्व्यवहार र कुटपिट भइरहेको भन्दै उनले सम्बन्धित निकायसँग प्रभावकारी सुरक्षा र निष्पक्ष न्यायको माग गरेकी हुन्।
सुरज बिक्रम ,बारा,। महागढीमाई नगरपालिका–९ स्थित नाथ बाबा आधारभूत विद्यालय, कञ्चनपुरका प्राथमिक तहका शिक्षक पन्नालाल दास विद्यालय सञ्चालन भइरहेको समयमा कक्षा छाडेर मिडिया काउन्सिलको कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि सरकारी विद्यालयमा शिक्षकको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ। प्राप्त जानकारीअनुसार असार २६ गते मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा
बारा/वीरगञ्ज, २६ असार — हुलाकी सडक आयोजनाबाट प्रभावित नागरिकलाई लामो समयदेखि रोकिएको मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्दै करिब ६ करोड ८८ लाख रुपैयाँ बराबरको मुआब्जा वितरण गरिएको बताइएको छ। उक्त वितरण कार्यमा प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमालको सक्रिय पहल तथा उनका सचिवालयका हरिओम रौनियारको निरन्तर समन्वयले महत्वपूर्ण भूमिका खेलेको सम्बन्धित पक्षले जनाएको छ। हुलाकी सडक
काठमाडौं, २६ असार — संसदीय अभ्यासमा बिरलै देखिने एउटा निर्णयले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा ध्यान खिचेको छ। बारा क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश धिमालले आफ्नो स्वार्थ बाझिने भन्दै प्रस्तावित उपसमितिमा बस्न अस्वीकार गरेका छन्। सार्वजनिक लेखा समितिले बेरुजु अध्ययन तथा मन्त्रालयगत विषयहरूको अनुगमनका लागि पाँच वटा
सुरज बिक्रम | बारा बारा जिल्लाको निजगढमा निर्माण प्रस्ताव गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालका सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजनामध्ये एक हो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप घटाउने, नेपाललाई क्षेत्रीय हवाई ट्रान्जिट केन्द्रका रूपमा विकास गर्ने तथा मधेश प्रदेशको आर्थिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ अघि सारिएको यो
कोल्हवी, बारा। बारा जिल्लाको पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित कोल्हवी नगरपालिका विकासका लागि आवश्यक अधिकांश आधार हुँदाहुँदै पनि अपेक्षित गति लिन नसकेको विषय स्थानीय तहमा फेरि बहसको केन्द्र बनेको छ। पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, उर्वर कृषि भूमि, बढ्दो व्यापारिक गतिविधि, युवा जनशक्ति तथा भौगोलिक अनुकूलता भए पनि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग,


















