मधेश प्रदेश । सीमावर्ती क्षेत्रमा देखिएको भन्सार कडाइप्रति मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष तथा तपेश्वर यादव ले कडा आपत्ति जनाएका छन्। उहाँले नेपाल–भारत सीमामा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १०० भन्दा बढीको सामान ल्याउँदा रोक लगाउने तथा भन्सार अनिवार्य गराउने
बारा, ०५ वैशाख । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ५ सोनाभार निवासी जनक चौधरीका छोरा अन्दाजी ३६ वर्षीय लुटावन चौधरी रहेका छन्। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले चट्याङ लागेर उनको मृत्यु भएको पुष्टि गरेका […]
२०८२ चैत्र ३०, सोमबार । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार सिंहले उक्त पुलको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ । […]
बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले उठाएको विषयको ४८ घन्टा भित्रै कलैया कारागार क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ। उक्त कार्यप्रति खुशी व्यक्त गर्दै रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारले प्रशासनको तत्परताको प्रशंसा गरेका छन्। उनले सार्वजनिक सरोकारको विषयमा छिटो निर्णय गर्दै कदम चालेकोमा जिल्ला
संसदको शून्य समयमा बोल्दै सांसद धिमालले करिब एक हजार वर्ष पुरानो इतिहास बोकेको सिमरौनगढ नेपालको मध्यकालीन इतिहास र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे। उनले यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे। उनका अनुसार २०६७ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जथाभावी पोखरी खन्ने कार्यका कारण
बारा जिल्लाको कोल्हबी नगरपालिकामा आज ६९औं सहकारी दिवस उत्साहका साथ मनाइएको छ। विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइएको उक्त दिवसमा जनप्रतिनिधि, सहकारीकर्मी, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रमका क्रममा वक्ताहरूले सहकारीको वर्तमान अवस्था, यसको आवश्यकता र समाजमा पुर्याएको योगदानबारे आफ्ना धारणा राखे। सहकारीमार्फत नागरिकको
बारा, कोल्हबी — कोल्हबी नगरपालिकामा ६९औँ सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख रामप्रसाद चौधरीले कृषिमा देखिएको मल अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै मेयर चौधरीले हाल मलको समस्या निकै जटिल बन्दै गएको उल्लेख गर्दै कृषकहरू ठूलो समस्यामा परेको बताए। उनले भने, “अहिले मलको विषय निकै गम्भीर अवस्थामा पुगेको छ। किसानले समयमा आवश्यक मल […]
बारा — बारा क्षेत्र नं. १ बाट गणेश धिमाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसदले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै उनले निर्वाचनमा भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेका हुन्। सांसद धिमालले निर्वाचन प्रचार–प्रसार, सभा–समारोह, यातायात, जनशक्ति व्यवस्थापन लगायत विभिन्न शीर्षकमा भएको खर्च खुलाएका छन्। उनले
बारा – कोल्हवी नगरपालिकामा स्तन तथा पाठेघरमुख क्यान्सरजस्ता महिलासँग प्रत्यक्ष जोडिएका गम्भीर स्वास्थ्य समस्याबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष स्वास्थ्य–अभियान उल्लेख्य सहभागीसहित सम्पन्न भएको छ। ब्लड डोनर्स एसोसिएशन नेपाल, बारा शाखा र तमामगढी हस्पिटल प्रा.लि.को संयुक्त आयोजनामा गरिएको यस कार्यक्रमले स्थानीय महिलालाई क्यान्सर पहिचान, जोखिम,
हिन्दुहरुको वापन पर्व शिवरात्रीको दिन कोल्हवी १० अमाउ मन्दिरमा लागेको मेलाको फोहोर सफा नगरी मेला व्यवस्थापन समिति व्यपत्ता भएको छ। कोल्हवी नगरका मेयर उपमेयर समेत सहभागी रहेको मेलाको समापन पश्चात् पनि मन्दिर परिसर सरसफाइ नभएपछि दुर्गन्ध बढेको छ। कोल्हवी नगर प्रमुख उपप्रमुख , वडा अध्यक्ष मेला व्यवस्थापन समिति , मन्दिर व्यवस्थापन समिति लगायत सबै मुगदर्शक […]









