Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 11)
बारा मधेस प्रदेश

कोल्हवीमा बजार विस्तार तथा उद्योग प्रवर्द्धनबारे अन्तरक्रिया, स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने जोड

सुरज विक्रम , बारा कोल्हवी , “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित कोल्हवी नगरपालिकामा बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, कलैयाको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको विकासका विषयमा
बारा मधेस प्रदेश

महागढीमाई–२ का वडा अध्यक्ष बिश्वनाथ कुश्वाहामाथि रास्वपा अधिवेशन प्रभावित पार्न खोजेको आरोप

सुरज विक्रम ,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको आसन्न जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्लाको राजनीतिक माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसैबीच नेकपा एमालेबाट निर्वाचित महागढीमाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुश्वाहा नै रातिको समयमा रास्वपाको सदस्यता वितरण तथा संगठन विस्तारमा सक्रिय रहेको भन्दै विभिन्न राजनीतिक वृत्तमा तीव्र बहस सुरु
बारा

सिंचाइसँगै माछापालन प्रवर्द्धनमा जोड : बकैया खोलाबाट कुलो निर्माण कार्यको मेयर चौधरीद्वारा अनुगमन

बाराको कोल्हबी नगरपालिका वडा नं. ५ र ६ का किसानहरूको वर्षौंदेखिको सिंचाइ समस्यालाई समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको बकैया खोलाबाट सिंचाइ कुलो खन्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उक्त निर्माण कार्यको नगरप्रमुख राम प्रसाद चौधरीले स्थलगत रूपमा पुगेर अनुगमन गरेका छन्। नगरप्रमुख चौधरीले निर्माणाधीन कुलो क्षेत्रको निरीक्षण गर्दै कामको प्रगति, गुणस्तर तथा आवश्यक
बारा

वर्षौंदेखिको बजारमा डोजर, व्यवसायी भन्छन्– “हामीमाथि अन्याय भयो”

बाराको तीन नम्बर पुल क्षेत्रमा शुक्रबार बिहान डोजर चलेपछि दशकौँदेखि सञ्चालनमा रहेको स्थानीय बजार एकाएक सुनसान बनेको छ । डिभिजन वन कार्यालय बारा ले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडा को सहयोगमा उक्त क्षेत्र खाली गराएको हो । वन कार्यालयका प्रमुख सुजित कुमार झा का अनुसार वन क्षेत्र तथा निकुञ्जभित्र अनधिकृत रूपमा बसोबास […]
बारा

“TikTok, राजनीति र अनुगमनहीनताले धराशायी कोल्हबीको सामुदायिक शिक्षा — दयनीय SEE नतिजापछि प्रअ, शिक्षक, व्यवस्थापन समितिदेखि मेयर र शिक्षा शाखासम्म नैतिकताको आधारमा राजीनामाको बहस”

कोल्हबी नगर क्षेत्रका केही सामुदायिक विद्यालयहरूको यस वर्षको SEE नतिजा अत्यन्त कमजोर आएपछि अहिले विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, व्यवस्थापन समिति मात्रै होइन, स्वयं नगरपालिकाको भूमिका माथिसमेत गम्भीर प्रश्न उठ्न थालेको छ। लगातार खस्कँदो शैक्षिक अवस्था र न्यून उत्तीर्ण प्रतिशतले अभिभावक तथा स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीय सरोकारवालाहरूका अनुसार विद्यालयमा
बारा

बाराको कोल्हबीमा सरकारी विद्यालय फिक्का, हिमचुली एकेडेमी चम्कियो — SEE मा १००% नतिजासहित निजी विद्यालयको दबदबा

बारा जिल्लाको कोल्हबी नगरपालिका–४ सपहीस्थित हिमचुली एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजा ल्याउँदै नगरकै शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ। पछिल्लो समय कोल्हबी क्षेत्रको समग्र शैक्षिक स्तरलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेका बेला हिमचुली एकेडेमीले उत्कृष्ट नतिजा निकालेर आफूलाई अब्बल विद्यालयका रूपमा स्थापित गरेको स्थानीयको भनाइ छ।
प्रदेश खबर बारा मधेस प्रदेश

चार सांसदको दबाबपछि रास्वपाले विघटन गर्‍यो बारा जिल्ला समिति ? चन्दन स्वर्णकारमाथि केन्द्रित घेराबन्दीको चर्चा तीव्र

सुरज विक्रम , बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। साथै, बारामा नयाँ जिल्ला अधिवेशनको तयारी अघि बढाउने […]
बारा

“शून्यबाट रास्वपाको जग बसाल्ने चन्दन स्वर्णकारमाथि नै किन बढ्दैछ दबाब ?”

सुरज विक्रम, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकार यतिबेला पार्टीभित्रको राजनीतिक दबाबको केन्द्रमा पुगेका छन्। तर उनीमाथि उठाइएका प्रश्नसँगै एउटा अर्को बहस पनि तीव्र बनेको छ — “बारा जिल्लामा रास्वपाको संगठन निर्माण गर्ने व्यक्ति आखिर को ?” स्थानीय कार्यकर्ताहरूका अनुसार बारा जिल्लामा रास्वपाको नामसमेत खासै नचिनिएको समयमा गाउँ–गाउँ
बारा

कोल्हवी–११ रामपुरवाको सार्वजनिक गौचर जग्गा अतिक्रमण भएको आरोप, संरक्षण र व्यवस्थापनको माग

सुरज विक्रम कोल्हवी, बारा । कोल्हवी नगरपालिका–११ रामपुरवामा रहेको करिब २ बिघा ८ कठ्ठा सार्वजनिक गौचर जग्गा अतिक्रमण भएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सार्वजनिक प्रयोजनका लागि छुट्याइएको उक्त ऐलानी जमिन संरक्षण गर्न तथा अतिक्रमित क्षेत्र खाली गराउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका हुन्। स्थानीयका अनुसार आर्थिक वर्ष २०८२ सालदेखि सो क्षेत्रमा करिब ५०
बारा

“हिजो सफाइको भाषण, आज बजारभरि फोहोर”

कोल्हवी उद्योग वाणिज्य संघको घोषणा कागजमै सीमित, व्यवस्थापनमाथि गम्भीर प्रश्न ✍️ सुरज बिक्रम, कोल्हवी कोल्हवी नगर उद्योग वाणिज्य संघले बजार क्षेत्रको फोहोर व्यवस्थापन कडाइका साथ लागू गर्ने घोषणा गरेको २४ घण्टा नबित्दै कोल्हवी बजार पुनः फोहोरले अस्तव्यस्त बनेको छ। संघले हिजो मात्रै सार्वजनिक सूचना जारी गर्दै बजारलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको थियो।