Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 6)
प्रदेश खबर बारा मधेस प्रदेश

थानेश्वर पहाडी संयोजकमा कोल्हबी नगर तदर्थ समिति गठन, वडा तहसम्म संगठन विस्तारको तयारी

कोल्हबी नगरपालिकामा संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यले थानेश्वर पहाडीको नेतृत्वमा नगर तदर्थ समिति गठन गरिएको छ। बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) माननीय गणेश धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ समिति घोषणा गरिएको हो। गठित समितिको संयोजकमा थानेश्वर पहाडी चयन
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

बाराको कोल्हबी क्षेत्रमा जंगली हात्तीको आतंक, किसानका खेतबारीमा व्यापक क्षति — माननीय गणेश धिमालद्वारा स्थलगत अनुगमन

बाराको कोल्हबी आसपासका जङ्गल क्षेत्र र मानव बस्तीहरूमा पछिल्ला केही दिनदेखि जंगली हात्तीको आक्रमण बढ्दै गएको छ। हात्तीले जङ्गल छेउछाउका बस्ती तथा किसानका खेतबारीमा प्रवेश गरी बालीनालीमा ठूलो क्षति पुर्‍याएको स्थानीयहरूले बताएका छन्। सोही अवस्थाको स्थलगत अवलोकन गर्दै माननीय गणेश धिमालले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। अवलोकनका क्रममा उनले स्थानीयवासीसँग छलफल गर्दै
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

रा.स्व.पा. मधेश प्रदेशका सहमहामन्त्री मनीष कुमार साहले दिए संगठन निर्माणबारे कडा निर्देशन

मनीष कुमार साह ले पार्टी संगठन निर्माण प्रक्रियालाई व्यवस्थित, अनुशासित र विधिसम्मत बनाउन स्पष्ट निर्देशन जारी गरेका छन्। उनले गठन हुन लागेको कुनै पनि समितिसम्बन्धी सूचना पार्टीको आधिकारिक लेटरहेडमार्फत सम्बन्धित माथिल्लो समिति वा संगठन विभागबाट मात्रै जारी हुने बताएका छन्। उनका अनुसार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा साधारण सदस्यले सामाजिक सञ्जालमार्फत भेला बोलाउने,
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

मालपोत र नापी सेवा विस्तारका लागि गणेश धिमालद्वारा स्थानीय तहलाई ध्यानाकर्षण

बारा–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमाल ले बारा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई मालपोत र नापी सेवा कार्यालय स्थापना तथा सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएका छन्। धिमालले निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका तथा आदर्शकोतवाल गाउँपालिका का प्रमुख तथा उपप्रमुखहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा
प्रदेश खबर बारा मधेस प्रदेश

पुरानाले आशा मात्रै देखाए, अब लालपुर्जाका लागि सांसद गणेश धिमालप्रति कोल्हबीवासीको भरोसा

मधेश प्रदेश अन्तर्गत पर्ने बारा क्षेत्र नं. १ का विभिन्न स्थानमा अझै पनि लालपुर्जा समस्या समाधान हुन सकेको छैन। विशेषगरी कोल्हबी नगरपालिका का धेरै स्थानीयवासी वर्षौंदेखि जग्गामा बसोबास गर्दै आए पनि स्वामित्व प्रमाणपत्र नपाउँदा अन्योलमा छन्। स्थानीयवासीका अनुसार विगतमा विभिन्न नेताहरूले लालपुर्जा वितरणको आश्वासन दिए पनि व्यवहारमा समस्या समाधान हुन सकेन। चुनावका बेला
प्रदेश खबर बारा मधेस प्रदेश

कलैयाका पूर्व निमित्त प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

कलैयास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ। आयोगले उनीसँग १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो मागदाबी गरेको छ। अभियोगपत्रअनुसार
प्रदेश खबर बारा मधेस प्रदेश

रास्वपा निजगढ नगर समितिको पार्टी कार्यालय उद्घाटन सम्पन्न, संगठन विस्तारमा जोड

बारा जिल्लाको निजगढ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर समितिको नयाँ पार्टी कार्यालयको समुद्घाटन गरिएको छ। शुक्रबार, २०८३ साल वैशाख ११ गते सम्पन्न उक्त कार्यक्रमलाई पार्टी संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। उक्त पार्टी कार्यालयको औपचारिक उद्घाटन प्रमुख अतिथि माननीय गणेश धिमालज्यूले गर्नुभएको हो।
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

सरकारी विज्ञापन नीति विरुद्ध बाराका पत्रकारको आवाज, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बारा — सरकारी विज्ञापन केवल तीनै तहका सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णयविरुद्ध बाराका पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ, बारा शाखाले उक्त निर्णयलाई विभेदकारी भन्दै कडा आपत्ति जनाएको छ। महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाउँदै निर्णय तत्काल सच्याउन माग गरेको छ।
प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवी विकासका लागि मधेश सरकारसँग समन्वय बढाइँदै

कोल्हवी नगरपालिकाको समग्र विकासलाई गति दिने लक्ष्यसहित मधेश प्रदेश सरकारसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नगर प्रमुख रामप्रसाद चौधरी, सपही कलेजका अध्यक्ष ढुण्डिराज उप्रेती तथा पूर्व माननीय अच्युत मैनालीको सहभागिता रहेको थियो। छलफलका क्रममा नगरभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण, शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवाको विस्तार, खानेपानी व्यवस्थापन, सडक स्तरोन्नति
बारा मधेस प्रदेश

बारामा चट्याङ लागेर एक जनाको मृत्यु

बारा, ०५ वैशाख । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ५ सोनाभार निवासी जनक चौधरीका छोरा अन्दाजी ३६ वर्षीय लुटावन चौधरी रहेका छन्। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले चट्याङ लागेर उनको मृत्यु भएको पुष्टि गरेका […]