सुरज बिक्रम, कोल्हवी वर्षौंदेखि चर्चा र मागमा सीमित रहेको कोल्हवीमा मालपोत तथा नापी सेवा सञ्चालनको विषय अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको जग्गा प्रशासन शाखाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा विस्तार गर्ने निर्णय गरेसँगै
बारा जिल्लाको सिम्रौनगढ क्षेत्रमा छोटी भन्सार सञ्चालनको विषय फेरि चर्चामा आएको छ। प्रतिनिधिसभा सदस्य गणेश धिमाल ले सिम्रौनगढमा छोटी भन्सार सञ्चालनका लागि पहल प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। धिमालका अनुसार पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल द्वारा गरिएको छोटी भन्सार सञ्चालन सम्बन्धी निर्णय हाल कार्यान्वयनको चरणमा पुगेको हो। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग
सुरज बिक्रम, कोल्हवी ।कोल्हवी नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भनिएको जग्गा प्रयोग गर्दा समेत उद्योग वाणिज्य संघ कोल्हवीलाई नियमित रूपमा भाडा तिर्दै आएको विषय सार्वजनिक भएपछि स्थानीय तहको आर्थिक पारदर्शिता र प्रशासनिक निर्णयमाथि प्रश्न उठ्न थालेको छ। स्थानीय स्रोतका अनुसार नगरपालिकाले प्रयोग गरिरहेको उक्त जग्गा नगरपालिकाकै स्वामित्वमा रहेको दाबी गरिए पनि सोही स्थानको
बारा — पछिल्लो समय बारा क्षेत्र नं. १ मा “एलानी जग्गा” र “सरकारी/सार्वजनिक जग्गा” सम्बन्धी विषय व्यापक बहसको केन्द्र बनेपछि स्थानीय जनतामा अन्योल र चासो बढेको छ। विशेषगरी वास्तविक बसोबासी, अव्यवस्थित बासिन्दा तथा सार्वजनिक जग्गासम्बन्धी विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला अब जनतालाई वास्तविक तथ्य बुझाउन प्रतिनिधिसभा सदस्य गणेश धिमाल चाँडै प्रत्यक्ष रूपमा जनतामाझ आउने
बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लाका केही स्थानीय तहका वडाहरूमा तय गरिएको अधिवेशन प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। पार्टीको बारा जिल्ला समन्वय समितिले बैशाख २३, २०८३ मा गरेको निर्णयअनुसार महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूमा हुने भनिएको वडा अधिवेशन तत्कालका लागि रोकिएको हो। समितिले
बारा — गर्मी बढेसँगै कोल्हबी तथा आसपासका क्षेत्रमा बारम्बार विद्युत लाइन काटिने, लामो समयसम्म आपूर्ति अवरुद्ध हुने र भोल्टेजमा ठूलो उतारचढाव आउने समस्या तीव्र बनेपछि स्थानीय सरोकारवालाहरूले नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रमा ध्यानाकर्षण गराएका छन्। नवदीप सामुदायिक विद्युत उपभोक्ता समितिसहितको प्रतिनिधिमण्डलले वितरण केन्द्र पुगेर विद्यमान समस्याको दिगो समाधानका
बारा क्षेत्र नम्बर १ मा सार्वजनिक जग्गा अतिक्रमण हटाउने सरकारी अभियान अहिले कानुनीभन्दा बढी राजनीतिक रंगले रंगिएको देखिन्छ। कागजमा ‘निष्पक्ष’ भनिएको अभियान व्यवहारमा भने ‘छानिछानी’ लागू भइरहेको आरोपले माहोल तातेको छ। यसको केन्द्रमा छन् प्रतिनिधिसभा सदस्य गणेश धिमाल। सरकारले देशभर ऐलानी तथा सार्वजनिक जग्गा खाली गराउने भन्दै स्थानीय तहलाई कडा निर्देशन दिएपछि कतिपय ठाउँमा
बारा — कोल्हवी क्षेत्रमा महिलाहरूमा देखिने पाठेघरमुख (सर्भाइकल) तथा स्तन क्यान्सरको समयमै पहिचान र उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लडदान) बारा जिल्ला शाखाको आयोजनामा तामागढी अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार लामो समयदेखि लुकाएर बस्ने वा बेवास्ता गरिने यस्ता गम्भीर
बारा — कोल्हवी नगरपालिकाको वडा नं. ५ मा सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि कडा कदम चालिएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण नियन्त्रण गर्न अभियान तीव्र पारिएको हो। वडा प्रमुख नन्द किशोर चौधरीले सार्वजनिक जग्गामा अनधिकृत रूपमा कुनै पनि संरचना निर्माण नगर्न स्पष्ट चेतावनी दिएका छन्। उनले भने, “सार्वजनिक सम्पत्ति […]
बारा — मधेस प्रदेशको महत्त्वपूर्ण मानिएको तामागढी–सिम्रौनगढ राजमार्ग विस्तार अहिले गम्भीर विवादको केन्द्रमा पुगेको छ। सडक विस्तारसँग जोडिएको मुआब्जा र जग्गा व्यवस्थापन प्रक्रियामा “दोहोरो मापदण्ड” अपनाइएको भन्दै स्थानीय स्तरमा तीव्र असन्तुष्टि देखिएको छ। राजमार्ग विस्तारका लागि आफ्नो पुख्र्यौली नम्बरी जग्गा उपलब्ध गराएका किसानहरू वर्षौँदेखि उचित मुआब्जा नपाउँदा आर्थिक










